दोहोरी कलाकार शंकर क्षेत्रीले श्रीमती बबिता बानियाँ (जेरी)को पोल खोलेका छन् । उनले जेरीलाई गाईजात्रामा पनि स्थापित गराएको दाबी गरेका छन् । आफ्नो उत्प्रेरणाकै कारण जेरी गाई जात्राबाट चर्चित भएको उनको दाबी छ ।
तर, जेरीको अपारदर्शी व्यवहार र घम’ण्डका कारण सम्बन्ध टुटाउने निर्णयमा आफू पुगेको उनले बताए। युट्युब च्यानल ‘के छ नेपाल’ का लागि गायिका अनिता चलाउनेलाई लामो अन्तर्वार्ता दिँदै शंकरले जेरीसँगको सम्बन्धबारे वृतान्त सुनाए ।
जेरीले मरि’हत्ते गरेर पछि लागेपछि आफूले उनलाई प्रेम गरेको शंकरले बताएका छन् । दाम्पत्य सम्बन्धमा दरार आउनुमा जेरीलाई नै उनले जिम्मेवार ठहर्याएका छन् ।
‘एकतर्फी रूपमा मलाई माया गर्छु भनेर मरिहत्ते गर्नुभयो । ठीकै छ, आफूलाई चाहने मान्छेको मन दुःखा’उनुहुँदैन भनेर सँगै काम गर्दै जाँदा मलाई पनि माया लाग्न थाल्यो’, शंकर भन्छन् ।
शंकरका अनुसार जेरी केही समयदेखि लगातार माइतमा बस्दै आएकी थिइन् । यसले पनि सम्बन्धमा चिसोपना ल्याएको उनको भनाइ छ ।
आफूले सम्बन्ध अन्त्य गर्न चाहनुको वास्तविक कारण भने डि’भोर्स फाइनल भएपछि मात्रै बाहिर ल्याउने उनले बताएका छन् ।

