नागरिक पत्र । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेको घटनामा नयाँ ट्वीस्ट आएको छ । लामिछानेलाई बला’त्कारको आ’रोप लगाउने किशोरी नाबालिग नभएको दाबी भएपछि घटना अब कसरी अघि बढ्ला भन्ने चाँसो चौतर्फी छाएको छ ।
लामिछानेका तर्फबाट बहसमा सहभागी कानुन व्यावसायी मुरारी सापकोटाले किशोरीको जन्मदर्ताको प्रमाणपत्र न्यायाधीश माधवप्रसाद घिमिरेलाई बुझाएका छन्।
बुधबार जारी रहेको थुन”छेक बहसमा सापकोटाले आ’रोपकर्ता किशोरीको २०६१ साल असार १८ गतेको जन्मदर्ताको प्रमाणपत्र अदालतसमक्ष पेस गरेका हुन्। यो मितिमा जन्मिएकी युव’तीलाई घटना भएको दिनको उजु’रीको मितिका आधारमा नाबालिग भन्न मिल्दैन।
सहमतिमा यौ”न सम्बन्ध कायम भए पनि उमेर नपुगेको हकमा युवती नाबालिग भएको दाबी गरिएको थियो। यो जन्मदर्ता प्रमाणपत्रसँगै यस प्रकरणमा अलग मोड आएको छ।
सन्दीपविरु’द्ध मुलुकी अ’पराध संहित ऐन २०७४ को दफा २१९ को उपदफा २ अन्तर्गतको कसुर लगाइ १० देखि १२ वर्षसम्मको कै’द सजा’य माग गरिएको छ। लामिछानेवि’रुद्ध १७ वर्षीया एक किशोरीले आफूमाथि जर्व”जस्ती कर’णी गरेको भन्दै गत भदौ २१ गते प्रहरीमा जा’हेरी दिएकी थिइन्।
थुन’छेक बहस भोलि पनि जारी रहनेछ। बहस सकिएपछि इजलासले आदेश जारी गर्नेछ।

