नेपाली राष्ट्रिय क्रिकेट टिमका पूूर्व कप्तान सन्दीप लामिछानेको घटनामा बिहीबार बहस हुदैँछ । हिजो बहस नसकिएकाले सन्दीपको मु’द्दा हेर्दाहेर्दैमा छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा भएको थु’नछेक बहसमा हिजो सरकारी वकिलका तर्फबाट ४ जनाले बहस गरेका थिए । उनीहरूले सन्दीपले ब”लात्कार गरेको दाबी प्रस्तुत गरे ।
पीडित किशोरीको बयानअनुसार त्यस राति सन्दीप उक्त होटेलमा देखिएको, सीसीटीभी फुटेज लगायतबाट उक्त कुरा पुष्टि भएको, राति एउटै कोठामा बसेकोसम्म प्रति’वादीले स्वीकार गरिसकेको र अन्य घटना प्रमाण तथा बयानहरूका आधारमा बलात्का”र पुष्टि भएको जिकिर उनीहरूको थियो ।
पीडित भनिएकी किशोरीको तर्फबाट अन्य ४ जना कानुन व्यवसायीले पनि बहस गरेका थिए । विभिन्न संस्थाहरूका तर्फबाट उनीहरूले बहस गरेका हुन् । उनीहरूले पनि प्र’तिवादी लामिछानेले ब”लात्कार गरेको जिकिर गर्दै कानुन बमोजिम स’जाय हुनुपर्ने माग दाबी गरे ।
यता सन्दीपको तर्फबाट पनि २ जना कानुन व्यवसायीले बहस गरेका थिए । उनीहरूले लामिछानेमाथि लगाएको आ’रोप पुष्टि गर्ने कुनै प्रमाण नभएको भन्दै लामिछानेले स’फाइ पाउनुपर्ने दलिल पेस गरे ।
सन्दीपको तर्फबाट हिजो बहस गरेका मुरारीप्रसाद सापकोटाले भन्नुभयो, ‘अ’भियोग पुष्टि हुने कुनै प्रमाणहरू पेस भएका छैनन्। मिथ्या आरोप लगाइएकाले हाम्रो पक्षले आरो’पबाट स’फाइ पाउनुपर्छ।’
सापकोटाका साथै रोशनी पौडेलले पनि लामिछानेको पक्षबाट बहस गर्नुभएको थियो । उहाँले पनि अ’भियोग मात्रै लगाइएको, पुष्टि हुने कुनै आधारहरू नै भएकाले आफ्नो पक्ष नि’र्दोष रहेको जिकिर गर्नुभयो ।
सन्दीपका कानुन व्यवसायीले पी’डित भनिएकी किशोरी बालिग रहेको भन्दै प्रमाण समेत इजलाससमक्ष पेस गरेका छन् । पीडित भनिएकी किशोरीको जन्मदर्ता, स्कुलमा भर्ना हुँदाका विवरणहरू, बसाइँ–सराइका कागजहरू पेस गरिएको अधिवक्ता सापकोटाले बताउनुभयो ।
उनीहरूले पेस गरेको जन्मदर्ता तथा स्कुलको विवरण अनुसार पी’डित भनिएकी किशोरीको जन्म मिति २०६१ असार १८ गते रहेको छ । उनीहरूले पेस गरेको उक्त विवरण अनुसार घटना भएको मितिमा किशोरीको उमेर १८ वर्ष पूरा भइसकेको हुन्छ ।
आज सन्दीपको पक्षबाट बहस गर्ने वकिलहरूको सूचीमा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, लबप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सविता बराल भण्डारीलगायत छन् । सन्दीपका पक्षका कानुन व्यवसायीहरूको बहस सकिएमा सम्भवतः आज नै थुन’छेक आदेश जारी हुनेछ । अदालतले मुद्दाको पुर्पक्षका लागि सन्दीपलाई थु’नामा पठाउने कि धरौ’टी वा साधारण तारे’खमा राख्ने भन्ने आदेश जारी गर्नेछ ।
बला”त्कारको आ’रोपमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार सन्दीपविरु’द्ध अदालतमा अभियोग पत्र दायर गरेको थियो ।
सन्दीपविरु’द्ध मुलुकी अप’राध संहिता, २०७४ को परिच्छेद १८ को क’रणीसम्बन्धी क’सुरको दफा २१९ को उपदफा (३)को देहाय (घ) अन्तर्गतको क’सुर गरेको अ’भियोग लगाइएको छ।
दफा २१९ को उपदफा (३) देहाय (घ) मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई क’रणी गरेमा १० देखि १२ वर्षसम्म कै’द सजा’य हुने व्यवस्था छ । सन्दीपवि’रुद्ध अधिकतम १२ वर्ष जे’ल सजायको माग दाबी गरिएको हो ।

