क्रिकेटर सन्दीप लामिछानेको मु’द्धामा जिल्ला अदालत, काठमाडौंमा थुनछेक बहस जारी छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले दर्ता गरेको अभि’योग पत्रमाथि मंगलबरदेखि सन्दीप पक्षका कानुन व्यवसायीले बहस गरेका छन् ।
सन्दीप पक्षका वकिलहरु लामिछानेविरु’द्ध लागेको अभि’योगको जवाफ दिनभन्दा पनि पीडितको उमेरमाथि प्रश्न गर्न केन्द्रित भएका छन् । उनीहरुले घटनालाई अन्तै मोड्न खोजिरहेका छन् ।
घटना बलात्कारको बारेमा छ । तर, उनीहरु उमेर केन्द्रिय हुुनुुले घटना रहस्यमय बनेको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बिहीबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पीडित नाबा’लिका नै नभएको दाबी प्रस्तुत गरे ।
‘उनको विद्यालयमा पेश गरेको कागजात र विवरण जन्ममिति २०६१/०२/१८ छ, २०७३ सालमा परिवार बसाइँसराइँ गरेर काठमाडौं आउँदाको कागजमा पनि २०६१ साल नै छ’, श्रेष्ठले भने, ‘तर, पछि फेरि गाउँमा गएर उमेर घटाएर अर्को जन्मदर्ता बनाइएको देखिएको छ ।’
‘अन्तिम पटक वडा कार्यालय गएर २०६२/०२/१८ को जन्ममिति उल्लेख गरेर अर्को जन्मदर्ता बनाइएको पाइएको छ’, उनले भने, ‘पहिले यदि गल्ती भएको थियो भने पनि ६ महिनाभित्र सच्याउनुपर्ने व्यवस्था छ । त्यो नभए एक वर्षसम्ममा सच्याउनुपर्ने पनि हो ।’ तर पछि सच्याएकाले उल्टै सरका’रीवादी मु’द्दा चल्न सक्ने स्थिति रहेको श्रेष्ठले बताए ।
‘यो आ’रोप पुष्टि भइसकेपछि सजा’य निर्धारण गर्ने बेलामा सजा’य कम गर्नलाई उपयुक्त हुनसक्ला । तर अहिलेको मुख्य मु’द्दा यो होइन’ एक सरकारी वकिल भन्छन् ।

