नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरु’द्ध परेको मु’द्दामा लामिछानेतर्फको बहस बिहीबार सकिएको छ । जिल्ला अदालत काठमाडौँमा भएको थुन’छेक बहस हेर्दाहेर्दैमा राखिएको छ ।
न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा लामिछानेवि’रुद्ध थुन’छेक बहस बुधबारदेखि प्रारम्भ भएको थियो । बिहीबार लामिछानेको तर्फबाट बहस सकिएको छ ।
उक्त मु’द्दामा भोलि सरकारी पक्षलाई प्रति’वाद गर्ने मौका दिइनेछ । त्यसपछि अदालतले आदेश गर्नेछ । सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बला”त्कार गरेको आ’रोपमा यही कात्तिक १४ गते उक्त मु’द्दा दायर गरिएको थियो ।
सरकारी वकिल कार्यालयले दर्ता गरेको मु’द्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कै’द स’जाय हुनुपर्ने माग गरिएको छ ।
मुलुकी अप’राधसंहिता, २०७४ को परिच्छेद १८ को क’रणीसम्बन्धी क’सुरको दफा २१९ को उपदफा (३)को देहाय (घ)अन्तर्गतको क’सुर गरेको अ’भियोग लगाइएको छ ।
संहिताको दफा २१९ को उपदफा (३) देहाय (घ)मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई क’रणी गरेमा १० देखि १२ वर्षसम्म कै’द सजा’य हुने व्यवस्था छ ।
जानकारहरुका अनुुसार किशोरीको आ’रोपलाई नै बल पुुर्याउने धेरै प्रमाणहरु भेटिएका छन् । सीसीटिभी फुुटेजमा पनि दुुवैजना सँगै कोठामा गएको र बाहिरिएको देखिएकाले सन्दीपलाई पुु’र्पक्षका लागि थुु’नामा पठाउने बलियो सम्भावना छ ।

