देशकै पुुरानो र ठूूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले १५ महिनासम्म पनि नतिजा सार्वजनिक नगरेपछि विद्यार्थीहरुको भविष्य डामाडोल भएको छ । परीक्षा भएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने व्यवस्थालाई विश्वविद्यालयले लत्याएको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०७८ साउनमा सञ्चालन भएको चारवर्षे बीबीएस, चार वर्षे बीए र बीएस्सी चौथो वर्षको नतिजा अझै सार्वजनिक भएको छैन ।
परीक्षा सकिएको १५ महिना बढी भइसक्दा परीक्षा नियन्त्रण कार्यालय अन्योलमै छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले भने डेंं’गुुका कारणले केही कर्मचारीहरु बिदामा रहेकाले नतिजामा ढिलाई भएको बताएको छ । हालै
एक साता लामो तिहार बिदा सकिएको छ । त्रिविका एक कर्मचारीले धमाधम काम गरिरहेका र सकेसम्म छिटो नतिजा सार्वजनिक गर्ने बताए ।
फागुनमा सञ्चालन भएको बीएस्सी चौथो वर्षको नतिजा प्रकाशन नहुँदा विदेश पढ्न जान चाहने विद्यार्थीहरु भने चिन्तित छन् ।