क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालत काठमाडौँको आदेशमा केही पनि प्रतिक्रिया नजनाएको खुुलेको छ । आफूलाई मु’द्दा पुर्पक्षका लागि थु’नामा पठाउने आदेशवि’रुद्ध उनले पुनरावेदन गर्ने नगर्ने यकिन गरेका छैनन ।
उनका कानुन व्यवसायीका अनुुसार लिखित प्रतिलिपि हेरेपछि लामिछाने बोल्न सक्छन् । अधिवक्ता मुरारी सापकोटाले भर्खरै आदेश आएकाले त्यसको लिखित प्रतिलिपि हेरेपछि मात्र निर्णय हुने बताए ।
‘पुनरावेदन गर्ने सन्दीपले हो । भर्खरै आदेश आए पनि लिखित रुपमा सार्न बाँकी छ । आइतबार हेरेपछि त्यस विषयमा सन्दीपले केही भन्लान्’, सापकोटाले भने ।
जिल्लाको आदेशविरु’द्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गर्न सक्नेछन् । आफूलाई थु’नामा पठाउने आदेश गलत भएको भन्दै जिल्लाको आदेश बदर हुनुपर्ने माग उनले उच्च अदालतमा गर्नेछन् । त्यसका लागि जिल्ला अदालतको थुनछेक आदेश लिखित रुपमा आएपछि त्यसका आधारमा उनका कानून व्यवसायीले पुनरावेदन गर्नेछन् ।
नाबालिग बला”त्कारको आ’रोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पु’र्पक्षका लागि थु’नामा राख्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ।
उनका अनुसार जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पु’र्पक्षका लागि थु’नामा पठाउने आदेश दिएको हो।
लामिछानेको मु’द्दामा थुनछेक बहस सकिएपछि उनलाई पु’र्पक्षका लागि थु’नामा पठाउने आदेश भएको हो।
जबर”जस्ती क’रणीको आ’रोपसहित यसै साता सरकारी वकिलहरूले लामिछानेवि’रुद्ध मु’द्दा दायर गरेका थिए।
लामिछानेलाई मुलुकी अपरा’ध संहिता २०७४ बमोजिम १० देखि १२ वर्षको कै’द सजा’य हुनुपर्ने माग गरिएको काठमाडौँ जिल्ला अदालतले जनाएको छ। सरकारी वकिलको कार्यालयले पी’डितलाई क्ष’तिपूर्तिस्वरूप पाँच लाख रुपैयाँ दिनुपर्ने माग दाबी पनि गरेको छ।