राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा उम्मेदवार रवि लामिछाने यतिबेला चुुनावी अभियानमा व्यस्त छन् । उनले शुुक्रबार भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसँग भेट गरेका छन् ।
दाहालले रवि लामिछानेलाई जितका लागि अग्रिम शुभकामना दिएकी छन् । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका लामिछाने भोट माग्दै दाहालको घर पुगेका थिए ।
भेटमा दाहालले आफू क्षेत्र नम्बर २ को मतदाता नभएको बताएकी थिइन् । तर उनले जितका लागि लामिछानेलाई शुभकामना दिइन् । लामिछाने श्रीमती निकिता पौडेलसँगै त्यहाँ पुगेका थिए ।
रवि : भोट माग्न आइपुग्यौँ
रेणु : म यहाँको मतदाता छैन ।
रवि : हो र
रेणु : हजुर शुभकामना छ ।
रवि, रास्वप कार्यकर्ता : आउँदै गर्दा घर अगाडि पर्यो आइहाल्यौँ ।
रेणु : यही कार्यक्रम छ नि हैन ।
रवि : हो, पछि फेरि आउँछौँ ।
रेणु : म पछि कार्यक्रममा आउँछु ।
यता रास्व पार्टीले भने आफूूहरु कसैको विचारसँग मात्र असहमत हुुन सक्ने तर व्यक्तिगत रूपमा सद्भाव राख्ने बताएको छ ।
यस्तो छ स्टाटस:
हामी कसैको विचारप्रति असहमत हुन सक्छौँ, हामी चुनावी प्रतिस्पर्धामा कोहीसँग कठोर हुन सक्छौँ, हामी कसैको गल’त काम गराइमा निर्मम हुन सक्छौँ तर व्यक्तिगत रूपमा कसैलाई हामी अप’मान गर्ने छैनौँ । हामीले चाहेको राजनीतिक संस्कार त्यस्तो हो ।

