नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले नेता भीम रावलबीच पछिल्लो समय वाक् यु’द्ध च’र्किएको छ । ओलीले प्रतिनिधि सभा सदस्यको टिकट नदिएका रावललाई उनकै क्षेत्र पुगेर आलोचना गरेपछि रावलले त्यसको जवाफ सामाजिक सञ्जालमार्फत फर्काउनुभएको हो ।
चुनावी सभाका क्रममा ओलीले रावलको आलोचना गरेपछि जवाफमा रावलले पाँचवटा प्रश्न तेस्र्याउनुभएको छ । अछाम क्षेत्रनम्बर १ बाट पार्टी कमिटीले प्रतिनिधिसभा सदस्यका लागि एकल नाम सिफारिस गरी पठाए पनि केन्द्रमा आइपुगेपछि ओलीले रोक्नुभएको थियो । टिकट वितरणको जिम्मा केन्द्रीय समितिले पार्टी अध्यक्षलाई दिएको थियो । उहाँले रावलको नाम कटाएर केही समयअघि मात्रै माओवादीबाट प्रवेश गरेका नेता झपट बोहोरालाई टिकट दिनुभएको थियो ।
पार्टी फुटको समयमा माधव नेपाल खेमामा रहनुभएका रावललाई ओलीले संगठको हितविप’रीत काम गर्दै आएको भनेर आत्मालोचना गर्न निर्देशनसमेत दिनुभएको थियो । उक्त निर्देशनलाई पालना नगरकै कारण टिकट पाउनबाट वञ्चित पार्टीका प्रभावशाली नेता रावललाई अध्यक्ष ओलीले चुनावी आमसभामा समेत गाली गर्न भ्याएपछि रावलको मन थप भक्कानिएको छ ।
शुक्रबाट कञ्चनपुरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘भीम रावलको तपाईंलाई किन चिन्ता भनेर स्थानीय कार्यकर्तालाई प्रश्न गर्नुभएको थियो ।
उहाँले भन्नुभएको थियो– ‘४८ सालदेखि एकछिन मुख खाली छैन, बूढो भइसक्नुभयो, बेकार किन भीम रावलको चिन्ता, अरूलाई पालो दिनुपर्दैन, एउटै भीम रावल, भीम रावल, केको खेती गरिराख्या भीम रावल, के भीम रावल, थुप्रै रावलहरू हुनुहुन्छ । सुदूरपश्चिममा थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ ।’ ओलीको यस्तो खस्रो भाषाप्रति स्थानीय नेताकार्यकर्ताको समेत मन कुँडिएको रावल पक्षका कार्यकर्ता बताउँछन् ।
एमाले सुदूरपश्चिममा रावलको राम्रो प्रभाव छ । तर, ओलीको नजरमा केही समयदेखि खराब बन्दै गएका रावललाई पार्टीले जिम्मेवारीबाट बाहिर राख्न खोजेजस्तो देखिन्छ । पार्टी महाधिवेशनमा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धी बनेपछि रावलप्रति ओलीको बोली अझै पेचिलो बन्दै गएको थियो ।
रावलले टिकट नपाएकै कारण उम्मेदवारी मनोनयनको दिन रावल पक्षका कार्यकर्ताले एमालेका उम्मेदवार र पार्टी अध्यक्ष ओलीविरु’द्ध कालो झन्डासहित ना’राबाजी नै गरेका थिए । त्यसपछि पनि काठमाडौंमा रावलले छुट्टै पत्रकार सम्मेलन गरेर पार्टी नछाड्ने तर एमालेले उठाएका सबै उम्मेदवारलाई जिताउन नसकिने अभिव्यक्ति दिनुभएको थियो ।
विस्तारै मत्थर हुँदै गएको रावलको अभिव्यक्ति ओलीको भाषणले पुनः बल्झाइदिएको छ । चुनावी आमसभालाई सम्बोधनका क्रममा ओलीले भीम रावलहरूले नै सधंै पदमा बसिरहनुपर्ने ? भन्ने प्रश्न गरेपछि दुई नेताबीचको सम्बन्ध अझै चिसिँदो छ । यसरी चिसिँदै गएको ओली–रावल सम्बन्धको प्रभाव चुनावी आमसभामासमेत देखिएको छ ।
उनीहरूबीच आपसमा आ’रोप प्रत्यारोपले चुनावी परिणामलाई समेत असर गर्ने नेताहरूले बताएका छन् । चुनावको मुखमा पार्टीको नेतृत्व नै आफ्नै नेता कार्यकर्तामाथि यसरी खनिनु राम्रो नभएको एमाले अछामका नेता प्रकाश शाहले बताउनुभयो । ओलीको अभिव्यक्तिप्रति रावलले सामाजिक सञ्जालमा आक्रो’श पोख्दै ओलीको भाषणले उनीभित्र बलिरहेको क्रो’ध बदला, नि’षेध र द्वे’षपूर्ण दुर्भाव उदा’ङ्ग भएको बताउनुभएको छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

