भोलि ९मंगलबार० सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । धरान उपमहानगरपालिकाले कात्तिके पूणिर्मा एवं बराहक्षेत्र मेलाको अवसरमा बिदा दिने भएको हो ।
कात्तिके पूणिर्मा एवं बराहक्षेत्र मेलाको अवसरमा भोलि उपमहानगरले बिदा दिन लागेको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए।
यस दिन नगर मातहतका वडा कार्यालय, स्वास्थ्य कार्यालय (अत्यावश्यक सेवा बाहेक), विद्यालय बन्द हुनेछ। नगरले कलेजहरूलाई पनि बिदा दिन अनुरोध गरेको छ।
यस्तै, काभ्रेको नमोबुद्ध नगरपालिकाले पनि यही कातिक २२ गते मंगलबार सार्वजनिक दिएको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गरी नगरमा भोलि सार्वजनिक बिदा हुने जानकारी दिएको हो ।
‘मिति २०७९/०७/२२ गते मंगलबार कातिक शुक्ल पूर्णिमाका दिन नमोबुद्ध नगरपालिकाभित्र रहेको नमोबुद्ध मन्दिर परिसरमा परम्परागत रुपमा बृहत मेला लाग्ने भएको हुँदा सो दिन नगरपालिका तथा अन्तर्गतका सबै कार्यालयहरू र शैक्षिक संस्थाहरूमा समेत स्थानीय बिदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि निर्णयानुसार अनुरोध छ,’ जारी सूचनामा उल्लेख छ ।