प्रदेश १ मा भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको छ । प्रदेश १ का वन, वातावरण तथा भूससंरक्षण मन्त्री शेखरचन्द्र थापाको नि’धनको शो’कमा भोलि सार्वजनिक बिदा दिइएको हो ।
मन्त्री थापाको शोकमा प्रदेश सरकारका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त प्रदेश सचिव अर्जुन निरोलाले बताए ।
उनका अनुसार भोलि राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि भएको छ। उनी कांग्रेसका प्रदेश सभाका उम्मेदवार पनि थिए ।
यस्तै, मोरङ जिल्लाको क्षेत्र नम्बर ३ (१) मा नेपाली कांग्रेसका प्रदेश सभाका उम्मेदवार शेखरचन्द्र थापाको नि’धन भएपछि कांग्रेस शो’कमा परेको छ । निर्वाचन हुन ११ दिनमात्र बाँकी छँदा भएको यो घटनाले म’र्माहित भएको कांग्रेसले तत्काल के गर्ने भन्नेमा अन्योल रहेको छ ।
तर निर्वाचन आयोगले भने मंसिर ४ मै निर्वाचन हुने र निर्वाचन नसर्ने स्पष्ट पारेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन नसर्ने स्पष्ट पार्दै छोटो प्रक्रियाबाट निर्वाचन प्रक्रिया अगाडि बढ्ने बताएका छन् ।
तर मोरङ जिल्ला निर्वाचन कार्यालयले भने निर्वाचनसँग सम्बन्धित अन्य कार्यक्रमहरु स्थगित भएको सूचना जारी गरेको छ ।