प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बुुधबार लोकतान्त्रिक वाम गठबन्धले बैतडीको पाटनमा आयोजना गरेको सभालाई सम्बोधन गरेका छन् ।
देउवाले पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, पश्चिमसेती जलविद्युत परियोजना र नेपाल भारत सिमानाका जुलाघाटमा मोटरेवल पुल बनाउने जिम्मा आफ्नो भएको बताए ।
जुलाघाटमा मोटरेवल पुलका लागि भारतीय प्रधानमन्त्रीसंग छलफल गरेर काम अगाडी बढाउने उनले बताए । पश्चिम सेती परियोजनाको काम समेत तिब्र गतिमा आगडी बढाउने उनको भनाई थियो ।
लोकतन्त्र र संविधानको रक्षाका लागि लोकतान्त्रीक वाम गठबन्धन बनेकाले गठबन्धनका उम्मेदवारलाई जिताउन समेत उनले आग्रह गरेका छन् ।
कार्यक्रममा सम्बोधन गर्दा उनी आगामी मंसिर ४ गतेका लागि तोकिएको चुनावको मिति बिर्सिएका छन् । देउवाले मंसिर ६ गते प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुन लागेको भन्दै मतदानका लागि जान आम मतदातालाई आग्रह गरेका छन्।
उनले झुक्किएर मंसिर ४ को साटो ६ गते चुनाव हुन लागेको बताएका हुन्। ‘हामी चुुनावको अगाडी आइसक्याछौ, मंसिर ६ गतेको चुुनावमा…’, भनेको उनको भिडियो अहिले टिकटकमा भाइरल नै भएको छ ।

