नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा पुरै पैसाको खोलो बगाएको भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रन्किएका छन् । बिहीबार मीन भवनस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले ओलीले गरेको खर्चको स्रोत खोजेका हुुन् ।
‘म नै राज्य हुँ । म राज्यभन्दा माथि छु । म पार्टीभन्दा माथि छु । मलाई कुनै कानुन लाग्दैन भन्ने प्रवृत्ति ओलीमा देखिन्छ’, उनले भने, ‘ओलीले आज चुनावमा गरिरहेको खर्च हेर्नुहोस् । त्यत्रो पैसा कहाँबाट आयो ? स्रोत के हो ? लु’ट र भ्रष्टा’चार गरेको हुनाले चुनावमा उनले पुरै खोलो बगाएका छन् ।’
त्यस्तै ओली सरकारलाई कसैले ढाल्नै सक्दैन जस्तो द’म्भ रहेको स्मरण गर्दै त्यसलाई आफूले ढालेर त्यसको बदला लिएका बताए ।
‘ओलीलाई कसैले ढाल्नै सक्दैन भन्ने दम्भ थियो । कसैले टक्करै दिन सक्दैन जस्तो लागेको थियो । टक्कर दिएपछि तपाईंले देखिहाल्नु भयो,’ उनले भने, ‘अहिले बौलाएर के–के बोल्छन् के–के ?
बर्बराएर के–के उट्पटयाङ् कुरा गर्छन् ? तपाईंहरूले एउटा संकलन निकाल्नु पर्छ । शुरुदेखि अहिलेसम्म के–के बोले भनेर ? झुठा आश्वासन र गा’ली गर्नुभयो भनेर ?’
ओलीमा आ’क्रोस र ‘बदलाको भावना रहेको भन्दै आफूलाई सर्वश्रेष्ठ, पार्टी भन्दामाथि ठान्ने नि’रंकुश प्रवृत्ति रहेको आरो’प लगाए ।

