धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पूूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हाउडेको संज्ञा दिएका छन् । साम्पाङले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै हाउडेको संंज्ञा दिएका हुुन् ।
शुक्रवार एमालेको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा ओलीले नेकपा एमालेले धरानमा कोशीको पानी ल्याउने बताएका थिए । सो कुुराले साम्पाङलाई घोचेको हो ।
र्हकले ओली बोलेको भाषणको स्क्रिनसट समेत सेयर गर्दै ओलीले कोशीको पानी धरानमा ल्याउने भनेर गफ दिएको उल्लेख गरेका छन् । ‘ग्यासको पाइप घर घरमा पुराएर पानी जहाजमा नेपालीलाई शेयर गराउनेले कोशीको पानी ल्याउने गफ दिएछ’, उनले लेखेका छन्, ‘म ल्याउँछु पानी कोशीको ! धेरै चुनौती नदिँदा हुन्छ हाउडेले ।’
ओलीले धरानमा पानीको समस्या अहिलेका मेयरले समाधान गर्न नसक्ने टिप्पणी गरेका थिए । उनले भनेका थिए- यहाँका मेयरलाई खानेपानी ले, खानेपानी ले भनेर कतिवटा घैला बोकुन् बिचरा ? कोशीबाट पम्पिङ गरेर पानी ल्याएर एमालेले धरानवासीलाई खुवाउँछ, तपाईँहरू ढुक्क हुनुस्।
गरेको बजेटले त्यो आयोजना हुन्छ त ? हुँदैन। तर म केही भन्दिनँ, छान्ने बेला आँखा देख्नुभएन। त्यत्रो कोशी त्यहाँबाट बग्छ धरान काकाकुल हुने कसरी मिल्छ ?

