पूूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली चुुनाव नजिकिएसँगै युुवाहरुमाझ पनि नजिकिने कोसिस गरिरहेका छन् । रमाइलो गर्न रुचाउने र अरुलाई पनि विभिन्न कला देखाएर मनोरञ्जनका साथै आफूूप्रति आकर्षित गर्ने ओलीको शैली नयाँ भने होइन ।
गएराति ठमेलस्थित एलओडी नाइट क्लब पुगे । ओली ठमेलस्थित एलओडीमा मध्यरातमा पुग्दा क्लबका सयौँ युवा थिए । जसले नारा लगाए– ‘केपी बा’ ।
ओली एलओडी पुग्नुको कारण थियो, र्याप गाउनु । सहर सहरमा ओली र्याप क्लवमा घन्कियो । जसमा एमालेको तत्कालीन सरकारको पालामा भएका विकास समेटिएको छ । जसमा नागरिकता विधेयकमा ओलीको अडान, अ’तिक्रमित भू–भाग नक्सामा समेटिएको तथा विकासका योजना र परिकल्पना समेटिएको छ ।
ओली आफैँले पनि र्याप गाए, रमाइलो गरे । क्लवमा उपस्थित युवामा जोश भरे । र, आशन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एमालेको पक्षमा माहोल बनाए। जुुन अहिले सामाजिक सञ्जालमा चर्चामा छ ।

