सत्ता गठबन्धन आगामी चुनावपछि नटिक्न सक्ने संकेतहरु देखिएका छन् । मुुख्यतः तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले संसद् विघ’टन गरेपछि जन्मिएको माधव नेपाल नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी)बाट यस्तो संकेत मिलेको हो ।
एसका महासचिव बेदुराम भुसालले चुनावी घोषणापत्र सार्वजनिक गर्दा नै चुनावपछि पनि गठबन्धन कायम रहन्छ भन्न नसकिने बताएका छन् । १४ कात्तिकमा पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा अयोजित चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा महासचिव भुसालले भने, ‘यो निर्वाचनपछि यो गठबन्धन हुन्छ वा अर्को गठबन्धन हुन्छ । अहिले त्यो भन्न सक्ने वा भनिरहने विषय हो भन्ने मलाई लाग्दैन ।’
आगामी चुनावपछि माधव कुुमार नेपाल प्रधानमन्त्री बन्न सक्ने संकेत प्रधानमन्त्री शेरबहादुुर देउवाले गर्दा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले पनि प्रधानमन्त्रीको दाबी गरेको देखिन्छ ।
यता, सत्ता गठबन्धनमा रहेका दलहरूले दुई तिहाइ मत ल्याए भने एमाले अध्यक्ष ओलीले संसदीय दलमा नदोहोरिएर सत्ता राजनीतिको दौडबाट बिदा लिने निर्णय लिन सक्छन् । यो आंकलन स्वयं एमाले र गठबन्धनमा रहेका दलका नेताहरूले पनि गरेका छन् ।
एमालेकै एक नेता भन्छन्, ‘ओली संसदीय दलको नेताको रेसबाट बाहिरिन एमाले ६० भन्दा कम सिटमा सीमित हुनुपर्छ ।’ यस्तो स्थितिमा शंकर पोख्रेल वा विष्णु पौडेल, ईश्वर पोखरेल वा सुवास नेम्वाङ संसदीय दलको नेता बन्न सक्छन् ।
यी चार मध्ये जो संसदीय दलको नेता भए पनि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग तत्काल एकता हुन सक्छ । एकीकृत समाजवादीले संसद विघ’टनबारे चुनावी घोषणापत्रमा मौन रहेर पनि यसको संकेत गरेको छ । जबकी ओलीले गरेको संसद विघ’टन नै एकीकृत समाजवादीको जन्मको आधार हो ।
यसलाई समेत कांग्रेस र माओवादीले पनि ख्याल गरेको छ । माधव नेपाल बिना नै पनि सरकार बन्न सक्ने गरी सिट प्राप्त गर्ने गठबन्धनमा रहेका दलहरूको प्रयास छ ।

