दोहोरी गायक शंकर क्षेत्रीले गायिका तथा पूूर्व पत्नी बबिता बाँनिया उर्फ जेरीको एक अन्तर्वार्तापछि आफ्नो प्रतिक्रिया दिएका छन् । क्षेत्रीले जेरीले अनावश्यक कुरा बोलिरहेको दाबीसमेत गरेका छन् ।
दुुईजनाको सम्बन्ध विच्छेदमा पूूर्व पति क्षेत्रीकै बढी हात रहेको भन्दै जेरीले वेदना पोखेकी छिन् । तर, आफूहरुको सहमतिमै यस्तो निर्णय भएको गायक क्षेत्रीको भनाइ छ ।
उनी भन्छन्, ‘मिल्न धेरै कोसिस गरेको हो । तर, जति कोसिस गरे पनि नभएपछि के नै गर्न सकिन्छ र ? अदालतमा समझदारी भयो । बच्चाको लालनपालन, शिक्षा-दीक्षादेखि लिएर अंशसम्म दिने सबै मेरो भागमा परेको छ । बच्चाकोे उमेर सानो भएकाले आमासँग बस्नुपर्ने आदेश आयो ।’
सम्बन्ध विच्छे’द गरेर निस्किसकेपछि मनमा के कुराहरु आए ? भन्ने प्रश्नमा उनले उत्तर दिए, ‘त्यस्तो केही छैन । मात्र यति भन्न चाहन्छु कि सम्बन्धविच्छेद भइसकेपछि पनि अनावश्यक कुराहरु मिडियामा रुँदै बोल्न जरुरी छैन ।
उहाँहरु कति नाटक गरेर बोलिरहनुभएको छ । मैले हेरिरहेको छु । आज पनि एउटा अन्तर्वार्ता दिनुभएको रहेछ । नहुने कुरा भइसक्यो । अब यो कुरामा डिस्कस गरेर केही फाइदा छैन ।’
जेरीले शंकर क्षेत्रीले आफूूलाई शारिरीक र मानसिक याकातनाका साथै अर्कै केटीसँग बस्ने मनसायका साथ उनीसँगै निकट भएपछि डि’भोर्सका लागि आफूूलाई बाध्य गरेको बताएकी छिन् ।

