राष्ट्रिय स्वतन्त्र पार्टीमाथि आक्रमण भएको छ । चितवनको कुरिनटारमा गठबन्धनका कार्यकर्ताले रवि लामिछाने नेतृत्वको पार्टीका चुनावी टोलीमाथि आक्र’मण गरेको हुुन् ।
पार्टीका नेता दीपक बोहराका अनुसार रास्वपाका सभापति अध्यक्ष रवि लामिछानेको नेतृत्वमा कुरिनटारबाट नारायणगढतर्फ गइरहेको टोलीमाथि गठबन्धनको चुनावी र्यालीबाट आक्र’मण भएको छ ।
नेता बोहोराका अनुसार रवि लामिछानेको पछाडि रहेको अर्को गाडीमा गठबन्धन कार्यकर्ताले ढुं’गा मुढा प्र’हार गर्दा बा १४ च ७६८४ नम्बरको गाडी क्ष’तिग्रस्त हुनुका साथै एक जना कार्यकर्ता घाइते भएका छन् । उक्त घटना लगत्तै आक्रमणकारी गठबन्धनका कार्यकर्तालाई प्रहरीले सुरक्षा दिएर लगेको थियो ।
साथै त्यसपछि पनि उक्त आ’क्रमणकारी व्यत्ति चुनावी र्यालीमा रहेको सभापति रवि लाछिानेको भनाइ छ । चितवनको क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका सभापति लामिछानेले यो आ’क्रमणलाई आफूमाथिको आ’क्रमणका रूपमा लिएको बताए ।
त्यस्तै सत्ताको आ’डमा अ’पराध भएको उनको आ’रोप छ । आक्र’मण गर्नेलाई पुलिसले सेक्युरिटी दिएर किन लगिरहेको छ ? भन्दै सभापति लामिछाने केही आ’क्रोशितसमेत भएका छन् ।
सभापति लामिछानेले कुट’पिट र तोड’फोडको घटनामा संलग्नहरूमाथि निष्पक्ष छानविन गरी कार’बाहीको माग गरेका छन् । उक्त आक्रमणमा कांग्रेस चितवनका जिल्ला सदस्य अनमोलद अधिकारी, भरतपुर महानगर समितिका सचिव कृष्ण वाग्लेलगायतका समूह संल’ग्न रहेको रास्वपाको दाबी छ ।
चितवन–२ बाट सभापति लामिछानेसहित गठबन्धनबाट विना विभागीय मन्त्री उमेश श्रेष्ठ र एमालेबाट कृष्णभक्त पोखरेल चुनावी मैदानमा छन् ।

