आजसम्म पनि सिंगल नै रहेका सलमान खानले किन बिहे गरेनन् भन्न्ेबारे धेरैलाई चाँसो हुुन सक्छ । उनी हिन्दी फिल्मको मस्ट एलिजिबल ब्याचलर हुन्।
कुनै समय उनी जुहीको प्रेमी थिए। उनी जुहीसँग विवाह गर्न तयार थिए। तर जुहीका पिताले सलमानको प्रस्तावलाई अस्वीकार गरेपछि विवाह हुन सकेन।
सलमान जुहीलाई यति धेरै मनपराउँथे कि उनी जुहीको हात माग्न जुहीका पितालाई भेट्न गए। तर जुहीको पिताले सलमानको प्रस्तावलाई अस्वीकार गरे। ‘जुही निकै प्यारी छिन् । मैले उनको पितालाई के तपाईं जुहीको मसँग विवाह गरिदिनुहुन्छ ? भनेर सोधेको थिएँ।
तर उहाँले अस्वीकार गर्नुभयो। शायद उहाँलाई म मन परिनँ होला। उहाँलाई कस्तो केटा चाहिएको थियो, मलाई थाहा भएन’, सलमानले भनेका छन्।
सन् ८० र ९० को दशककी अभिनेत्री जुही चावला आज आइतबार ५५ औं जन्मोत्सव मनाउदैछिन्। मोडलिङमा चर्चा बटुलेपछि जुही बलिउडमा आएकी थिइन् ।
उनले सन् १९८७ मा रिलिज फिल्म ‘सल्तनत’बाट डेब्यू गरेकी थिइन्। यसपछि उनले बलिउडमा ‘डर’, ‘दीवाना मस्ताना’, ‘इश्क’, ‘कयामत से कयामत तक’ जता हिट फिल्म दिइन्। उनले सन् १९९५ मा व्यापारी जय मेहतासँग गुपचुप विवाह गरिन्।

