चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको टोलीमाथि आ’क्रमण भएको घटनामा रवि लामिछानेको प्रचारमा रहेका व्यक्तिहरुले माद’क पदार्थ सेवन गरेको खुलेको छ । लामिछानेका कार्यकर्ताले गठबन्धनका कार्यकर्तालाई दुर्ब्य’वहार गरेपछि घट्ना भएको कांग्रेसको दाबी छ ।
नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठका अनुसार गठबन्धनको टोली कुरिनटारको घरदैलो सकेर फर्कँदै थियो। रवि लामिछाने र उनका कार्यकर्तासँग जम्का भेट भयो। लामिछानेले हाँस्दै हात हल्लाएर सौहार्द्रता प्रकट गरे।
तर लामिछानेले गइसकेपछि उनका कार्यकर्तासँग विवाद भयो। रविको पछाडिको गाडिमा वसेका कार्यकर्ताहरुले माद’क पदार्थ सेवन गरेका थिए। उनीहरुले दुर्ब्य’वहार गरेपछि विवा’द भएको उनको भनाई छ।
त्यस विषयमा आफुहरुले तत्कालै प्रहरीलाई पनि खवर गरेको श्रेष्ठ बताउँछन् । ‘हाम्रो नियत खराव भएको भए लामिछाने हुँदै विवाद हुन्थ्यो’ उनले भने–‘तर उहाँ हुँदासम्म केही भएको थिएन!’
लामिछानेले भने सत्ता गठबन्धनको एउटा समूहले वि’वाद गरेर आक्र’मण गरेको बताएका छन् । उनले राजनीतिक प्रतिष्पर्धाको विषयलाई लिएर आक्रमण गरिएको भन्दै आपत्ति जनाएका । उनले आफू असुरक्षित भएको भन्दै प्रहरीलाई जानकारी गराएका छन् ।

