नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने तनहुँ पुगेर नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताएका छन् ।
तनहुँ क्षेत्र नम्बर १ का सत्तारुढ गठबन्धनका उम्मेदवार पौडेलको चुनावी सभामा पुगेका प्रचण्डले तनहुँबाट चुनाव जिताएर पठाए उनको प्रधानमन्त्री हुने सम्भावना रहेको बताएका हुन् ।
‘रामचन्द्रजीलाई जिताएमा तनहुँले प्रधानमन्त्री पाउने अवसर पाएको छ,’ प्रचण्डले भने, ‘तनहुँले यो अवसर गुमाउनु हुँदैन ।’
रामचन्द्र पौडेललाई प्रधानमन्त्रीमा देख्न चाहने हो भने उनलाई अत्यधिक मतले विजयी गराउन प्रचण्डले मतदातालाई आग्रह गरे । थोरै मात्रै मतले विजयी गराएमा भने त्यो सम्भावना झिनो हुने उनको भनाइ थियो ।
यसअघि गठबन्धनबाट प्रधानमन्त्रीमा देउवा र दाहालको मात्रै चर्चा हुने गरेकोमा प्रचण्डको आजको भाषणले पौडेल पनि सम्भावित उम्मेदवारमा गनिएका छन् ।