त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यलय बल्खुले परीक्षा लिएको करिब १५ महिनापछि मानविकी तथा सामाजिकशास्त्र संकाय तर्फ ४ वर्षे स्नातक तह प्रथम वर्ष (२०७७) को परीक्षाको परीक्षाफल सार्वजनिक भएको छ । नजिता त्रिविको केन्द्रीय परीक्षा संचालक समितिको निर्णयानुुसार आज प्रकाशित गरिएको हो।
२०७८ साल साउन महिनामा संचालित उक्त परीक्षाको परीक्षाफल http://tuexam.edu.np/ मा पनि हेर्न सकिने छ साथै BA Symbol no टाईप गरी33624 मा SMS गरेर पनि थाहा पाउन सकिने छ ।
यसअघि ७ कात्तिकमा त्रिविले बीएस्सी प्रथम वर्षको नतिजा प्रकाशित गरेको थियो । कार्यालयले २०७७ सालको ब्याचको २०७८ साउनमा लिएको बीएस्सी प्रथम वर्षको परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको हो ।
कार्यालयले नतिजामा स्थगित भएका वा अनुपस्थित देखिएका परीक्षार्थीहरुले आफू अध्ययनरत क्याम्पस र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यलयबाट प्रवेशपत्र प्रमाणीकरण गराई कात्तिक १५ गतेपछि कार्यालयको गोप्य शाखामा सम्पर्क गर्न आग्रह गरेको छ ।