नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेको भण्डाफोर गरेका छन् । काठमाडौं २ को अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओलीलाई जन्म दिएको धर्तीप्रति नै आक्रोश व्यक्त गरेका छन् ।
उनले अोलीलाई कं’स र रावणसँग तुलना गर्दै बिर्सेर पनि यस्ता व्यक्तिलाई भोट नदिन आग्रह गरे । नेपालले भने( यस्ता व्यक्तिलाई जन्म दिने कस्तो होला यो धर्ती ? हुन त रामसँगै रावण पनि जन्मिए, कृष्णले कंसको सामना गर्नुपरेको थियो । त्यही कंस र रावण प्रवृतिको जन्म भयो, के गर्ने । म कसैको विरोध त गर्दिन तर यस्ता व्यक्ति पनि भेल्नुपर्यो ।
विगतमा काठमाडौं २ को विकासमा आफूले अघि सारेका योजनाहरुलाई माधव नेपालले जस लिन्छ भनेर ओलीलेले अवरोध गरेको आ’रोपसमेत उनले लगाए । नेपालले देशमा शान्ति स्थापना गर्ने र गणतन्त्र ल्याउने कुरामा समेत ओलीको विरो’ध रहेको बताए ।
भाषणको सुरुदेखि अन्त्यसम्म ओलीप्रति चरम घृणा व्यक्त गरेका नेपालले ओलीका कुनै पनि कुरामा विश्वास नगर्न मतदातलाई आग्रह गरे । उनले सुर्यमा ग्रहण लागिसकेकाले काठमाडौं २ मा गठबन्धनकी उम्मेदवार ओनसरी घर्तिलाई जिताउन आग्रह गरे । उनले आफ्नै आग्रहमा ओनसरीलाई काठमाडौं २ मा उम्मेदवार बनाइएको बताए ।

