सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।यस हाइड्रोपावर कम्पनीले ९ लाख कित्ता शेयर निष्काशन गर्ने गरि आवेदन दिएको हो ।
स्थानीयलाई पनि कम्पनीको शेयर छुट्टाइने कम्पनीले जानकारी दिएको छ । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा रु. ९ करोड बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो ।आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
चार दिनपछि सुनको भाउमा सामान्य गिरावट चार दिनसम्म लगातर बढेको सुनको भाउ आइतबार सामान्य गिरावट आएको छ । आइतबार सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । गत मंगलबारदेखि शुक्रबारसम्म सुनको भाउ सात सय रुपैयाँले बढेको थियो।
आइतबारका लागि छापावाल सुनको भाउ ८९ हजार पाँच सय रुपैयाँ तोकिएको छ । शुक्रबार ८९ हजार नौ सय रुपैयाँमा छापावल सुनको कारोबार भएको थियो । आजका लागि तेजावी सुनको कारोबार मूल्य ८९ हजार ५० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेको छ ।