चर्चित दोहोरी गायिका बबिता बाँनिया जेरीले पूूर्व पती शंकर क्षेत्रीसँग परिस्थिति सँधै एकनासको नहुने भएकाले अलग भएको बताएकी छिन् । प्राइम टिभीको एक अन्तर्वार्तामा उनले यस्तो बताएकी हुुन् ।
‘२०७२ सालपछि आफूूहरुबीच सामाजिक सञ्जालबाट प्रेम भएको उनले बताइन् । उहाँ रोजगारीको सिलसिलामा (अभुुधाबी) विदेशमा हुुनुहुुन्थ्यो । हामीले गजल लेख्थ्यौ र आवाज भथ्र्यौ’, उनले भनिन् ।

‘त्यसपछि उहाँ विदेशबाट नेपाल आउनुुभयो । २०७६ माघमा उहाँ नेपाल आएपछि ५ बर्षको प्रेमपछि हामीहरुको विवाह भयो । सुुन्दर फुुललाई सबैले मन पराउछन्।’ उनले भनिन् ‘मनले त अझैँ पनि मेरै हो भन्छ, अहिले पनि म उहालाई पूूर्व पती नै भन्छुु । मेरो श्रीमान पनि असाध्यै सुुन्दर हुुनुुहुुन्थ्यो । मसँग विवाह भइसकेपछि, बच्चा भइसकेपछि पनि उहाँलाई धेरै केटीहरुले मन पराउँथे । त्यही कुरालाई मैले स्वीकार्न सकिन ।’
शंकर क्षेत्री अर्कै युुवतीको प्रेममा रहेको उनले संकेत गरिन् । तर, उनको नाम भने जेरीले खुुलाउन चाहिनन् । आफूूहरुबीच विवाह दर्ता पनि नभएको उनको भनाई छ । बच्चाको जन्मदर्ता पनि बनाउन बाँकी नै रहेको उनको खुुलासा छ ।
आफूूहरुको धेरै फ्यान रहेकाले मन पराउने मान्छे हुुनसक्ने उनको भनाई छ । तर, आफूूले अर्को बिहे गर्ने योजना नरहेको उनको भनाई छ । ‘भोलिको समयमा के हुुन्छ भन्न सकिन्न । समयको जिम्मा समयलाई नै छोडौँ । तर, म बिे गर्न चाहान्न’, उनले भनिन् ।

