पूूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले मंसिर १५ गतेभित्रै सरकार बनाउने घोषणा गरेका छन् । आइतबार बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रमा पुगेर मतदान गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले बहुमत ल्याएपछि एमालेले सरकार बनाउने उनको घोषणा छ ।
‘एमालेको नेतृत्वमा बहुमतको सरकार बन्छ । मंसिर १५ सम्मै बहुमतको सरकार बन्छ । ढिलो गरिराख्नु पर्ने कुनै कारण छैन,’उनले भने ।
उनले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरे। ‘छिटफुट घटनाबाहेक मतदान शान्तिपूर्ण वातावरणमा भइरहेको छ । यो चुनावबाट एमालेले बहुमत ल्याउँछ,’ उनले भने, ‘एमालेले बहुमतको सरकार बनाउँछ ।’
अध्यक्ष ओलीले जनतालाई भड्का’उन केही शक्ति लागिरहेको पनि आरो’प लगाए ।

