राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको मौन अवधिमा एपीवान टेलिभिजनलाई दिएको अन्तर्वार्ताको प्रसारण रोकिएको छ । अन्तर्वार्ता एपीवान टेलिभिजनबाट शुक्रबार साँझ नौ बजे प्रसारण हुने प्रस्तोता टीकाराम यात्रीले जनाए । तर, प्रसारण भएन ।
आइतबार हुने प्रतिनिधिसभा एवम् प्रदेशसभा निर्वाचनका लागि बिहीबार रातिदेखि मौन अवधि सुरु भएको थियो। राष्ट्रपतिले थाहा पाएरै निर्वाचनको मौन अवधिमा अन्तर्वार्ता दिएकी हुन् या संयोग परेको हो भन्ने विषयलाई लिएर खुलदुली बढेको हो।
अन्तर्वार्तामा भण्डारीले आफ्नो राजनीतिक यात्रा र राष्ट्रपति पदको जिम्मेवारीका विषयमा अनुभव व्यक्त गरेको बताइएको छ। एपीवान टेलिभिजनले अघिल्लो साता एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तर्वार्ता लिएको थियो।
जानकारहरू राष्ट्रपति भण्डारीले निजी सञ्चारमाध्यमलाई निर्वाचनको मौन अवधिमा अन्तर्वार्ता दिनु आश्चर्यको विषय भएको टिप्पणी गर्छन्। तत्कालीन राष्ट्रपति डा. रामवरण यादवका सल्लाहकार राजनीतिशास्त्री हरि शर्माले निर्वाचनकै पूर्वसन्ध्यामा राष्ट्रपतिले बोल्नु आश्चर्यको विषय भएको बतााए। उनले भने, ‘राष्ट्रपतिबाट निर्वाचनकै पूर्वसन्ध्यामा किन अन्तर्वार्ता दिइयोरु यो जिज्ञासाको विषय हो। थप टिप्पणी त अन्तर्वार्ता हेरेपछि मात्रै गर्न सकिन्छ।’
राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले भने अन्तर्वार्तामा राष्ट्रपतिले आफ्ना व्यक्तिगत र राजनीतिक अनुभव मात्रै व्यक्त गरेको जानकारी दिए। राजनीतिक विषयमा केही धारणा नराखेका कारण यसलाई अन्यथा लिन नमिल्ने उनको भनाइ छ। अधिकारीले भने, ‘राष्ट्रप्रमुख बोलिसक्नुभएको छ। हामी त्यसमा धेरै भित्र नपुगौँ होला। उहाँले आफ्नो अनुभव बताउनुभएको हो।’
मौन अवधिमा राष्ट्रपति किन बोलेको भनेर प्रश्न उठ्ने विषयमा चासो हुन्न र भन्ने जिज्ञासामा अधिकारीले भने, ‘प्रश्न त उठ्ला, त्यसको जवाफ पनि दिउँला। तर बोलिसक्नुभयो, अब के गर्ने ?’
भण्डारीले पत्रकार यात्रीसँग आफ्नो राजनीतिक यात्रा, मदन भण्डारीसँग बिताएका क्षणलगायतको विषयमा लामो कुराकानी गरेको राष्ट्रपति कार्यालय स्रोतले पुष्टि गरेको छ। यद्यपि प्रसारण भने एक घण्टाको मात्रै हुने बताइएको छ।
एपीवान टिभीले सार्वजनि गरेो प्रोमोमा राष्ट्रपति भण्डारीले मदन भण्डारीलाई त्यस दिन (गाडी दुुर्घ’टना भएको दिन) आफूूले २ डा्रइभर राख्न सुुझाएको बताएकी छिन् । अन्तर्वार्ताको पूूर्ण भाग आज राती प्रसारण हुने बताइएको छ । ‘त्यसदिन पोखरा गएको दिन २ वटा ड्राइभर राख्नुस् भनेकी थिए, तर उहाँले सुन्नुभएन’, उनले भनेी छिन् ।
आदरणीय दर्शकवृन्द ! यहाँहरूको अविराम सद्भाव नै एपीवान टेलिभिजन तथा तमसोमा ज्योतिर्गमयको सम्पत्ति हो। यो सद्भाव सधैं कायम रहने हाम्रो विश्वास छ। हामीले आज (शुक्रबार) राति ९ बजे तमसोमा ज्यतिर्गमयको विशेष श्रृंखला अन्तर्गत सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीसँगको अन्तर्वार्ता प्रशारण गर्ने जानकारी गराएको यहाँहरूलाई विदितै छ।
तर हामीले ञप्रोमोझ प्रशारण गरेलगत्तै निर्वाचन आयोग एवं विभिन्न दलका शीर्ष नेतृत्व तहबाट यसबारे चासो व्यक्त भएको र निर्वाचन अवधिको स्थिर समयुमा राष्ट्रपति ज्यूको अन्तर्वार्ता प्रशारण गर्न बान्छनीय नहुने सुझाव हामीलाई प्राप्त भएका कारण उक्त अन्तर्वार्ता निर्वाचनको मतदानपछि आइतबार राति मात्र प्रशारण गरिने जानकारी गराउँदछौँ। उत्पन्न परिस्थितिका कारण लिइएको यस निर्णयका कारण पर्न गएको असुविधाप्रति हामी हाम्रा समादरणीय दर्शकसमक्ष क्षमा याचना गर्दछौँ।
आगामी दिनमा पनि उहाँहरूको सद्भाव र सुभेच्छाको निरन्तरताको कामनासहित निरन्तर यहाँहरूले चाहेकै विषय र अतिथिसँग संवाद गरी अध्याँरोबाट उज्यालो तर्फको यात्रालाई निरन्तता दिने प्रण पनि गर्दछौँ।
टीकाराम यात्री, प्रधान सम्पादक
तथा
एपीवान टेलिभिजन परिवार टीकाराम यात्रीले आफ्नो फेसबुुकमा लेखेका छन् ।

