पूूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका नेता तथा इलाम क्षेत्र नम्बर १ उम्मेद्वार झलनाथ खनाल हार्ने देखिएको छ । खनाल नेकपा एमालेका महेश बस्नेतसँग पराजित हुने प्रक्षेपण गरिएको हो।
फ्याक्ट्स नेपालले गरेको सर्वेमा एमालेका बस्नेतका पक्षमा ५६ प्रतिशत र खनालका पक्षमा जम्मा २७ प्रतिशत मतदाता देखिएका छन्। नेपाली कांग्रेस बिपीका गणेप्रसाद पौडेल ८ प्रतिशत मत पाउँदैछन्।
यसैगरी महोत्तरी क्षेत्र नं ३ मा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पारजित हुने प्रक्षेपण गरिएको छ। फ्याक्ट्स नेपालले गरेको सर्वेमा जसपाका हरिनारायण यादवको पक्षमा ३९ र ठाकुरका पक्षमा जम्मा ३८ प्रतिशत देखिएको छ।
यसैगरी झापा( ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन कांग्रेस नेता कृष्ण सिटौलासँग पछि परेका छन्। सिटौलाको ४५ प्रतिशत र लिङदेको ४१ प्रतिशत देखिएको छ। यसैगरी सप्तरी( २ मा सिके राउतले उपेन्द्र यादवलाई चुनौती दिनेछन्। यादवले ४३ प्रतिशत र राउतले ३९ प्रतिशत मत प्राप्त गर्ने प्रक्षेपण फ्याक्ट्स नेपालको रहेको छ।

