काठमाडौँ-७ मा राष्ट्रिय स्वतन्त्र पार्टी माओवादीभन्दा अगाडी देखिएको छ । काठमाडौँ-७ मा हालसम्म ७०९ मत गनिएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले १७७ मत, एमालेका श्यामकुमार घिमिरेले ९३ मत, माओवादीकी मानुषी यमी भट्टराईले ७५ मत र स्वतन्त्रका यादवलाल कायस्थ पानीको जार चुनाव चिन्हले १०८ मत ल्याएको छ । मत गणना जारी छ ।
यता, काठमाडौं-१ मा प्रतिनिधि सभा सदस्यको मतगणना सुरु भएको छ । बिहान ८ बजे नै सुरु गर्ने भनिए पनि प्राविधिक कारण ढिला गरी मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बताए।
यो क्षेत्रमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, राप्रपाका रवीन्द्र मिश्रलगायत केही स्वतन्त्र उम्मेदवार उठेका छन् ।

