शुक्रबारदेखि साधारण शेयर निष्काशन गरेको रु रु जलविद्युत परियोजना लिमिटेडको आईपीओ नयाँ बर्ष बाँडफाँड गरिने भएको छ । रु रु जलविद्युतको शेयर बाँडफाँड २०७७ सालमा नहुने पक्का भएको हो । कम्पनीको शेयर यसै साताको शुक्रबार बाँडफाँड गर्ने गरी तयारी भइरहेको जनाएको छ । यो साताको शुक्रबार नयाँ वर्ष २०७८ मा परेको छ ।
कम्पनीको आईपीओमा १६ लाख ६९ हजार ५ सय ६६ जना आवेदन दिएका छन् । आवेदन दिएका आवेदककर्ताहरुले २ करोड ३३ लाख ७७ हजार २२० कित्ताका लागि २ अर्ब ३३ करोड ७७ लाख २२ हजार रुपैयाँ संकलन भएको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको आईपीओमा ६२ गुणा बढी आवेदन परेको हो ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन गरेको हो । जसमा २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीका लागि, ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ ।
प्रधानमन्त्री बिरुद्ध उभिन दबाब बढेपछि आन्तरिक छलफलमा जुट्दै जसपा प्रधानमन्त्री बिरुद्ध उभिन दबाब बढेपछि जनता समाजवादी पार्टीले आन्तरिक छलफल थालेको छ । आइतबार काठमाडौँमा उपलब्ध जसपा पदाधिकरिले बिहिबार भएको ३ दल बीचको बार्ता बारे छलफल गरेका हुन् ।
प्रधानमन्त्री केपी ओली बिरुद्ध उभिन नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रले दबाब बढाए पछि जनता समाजबादी पार्टीले छलफल थालेको छ । वर्तमान सरकारलाई हेर्ने दृष्टिकोणमा जसपा भित्र स्पष्ट दुई मत रहेको छ । बैठक पछि संचारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार बिरुद्ध उभिनुको विकल्प नरहेको भन्दै छलफल ३÷४ दिन अझै चल्ने बताउनुभयो ।
जसपा भित्र अध्यक्ष महन्थ ठाकुर राजेन्द्र महतो लगाएतका नेता प्रधानमन्त्री सँग सत्ता साझेदारीको बिषयमा सघन वार्तामा छन् भने उपेन्द्र यादव बाबुराम भट्टराई लगायतका नेताहरु सरकार बिरुद्ध मोर्चाबन्दी गर्ने पक्षमा उभिएका छन् ।