काठमाडौं क्षेत्र नम्बर ४ को मतगणनाा जारी छ । काठमाडौं क्षेत्र नम्बर ४मा मुुख्यतः नेपाली कांग्रेसबाट गगन थापा र नेकपा एमालेका राजन भट्टराई प्रतिस्पर्धी उम्मेदवार छन् ।
यसबीचमा, नेपाली कांग्रेसका उम्मेदवार गगन थापा फिल्म हेर्न पुगेका छन् । सोमबार उनी श्रीमतीसहित हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ हेर्न सिनेमा हल पुगेका हुन् । उनी श्रीमतीसहित दरबारमार्गस्थित क्यूएफएक्स दरबार मलमा दिउँसो साढे २ बजेको शोमा फिल्म हेर्न पुगेका हुन् ।
सिनेमा हलबाट श्रीमतीसँगको तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै थापाले लेखेका छन्, ‘धैरै दिनको दौडधुपपछि आजको फुर्सद ।’ काठमाडौं-४ मा जारी मतगणनामा थापाले फराकिलो अग्रता बनाउँदै लगेका छन् । उनले २ हजार २६ मत पाउँदा नेकपा एमालेका राजन भट्टराईले १ हजार ५८४ मत ल्याउँदै पछ्याइरहेका छन् ।

