डडेल्धुरामा नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा अगाडी देखिएका छन् । पाँच सय मत गन्दा उनले २३९ मत पाएर अग्रता लिएका छन्।
यस्तै कांग्रेस (बिपी) का कर्ण मल्लले १४१ मत पाएका छन्। यहाँ स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत पाएका छन्।
मतगणना जारी छ। यता, मुस्ताङको प्रदेशसभा (१) को मतरिणाम सार्वजनिक भएको छ । यहाँ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन् ।
गुरुङ नेकपा (एमाले)का इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी बनेका हुन् । गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले सात सय ९३ मत ल्याएका थिए । खसेको मतमध्ये १४ मत बदर भएको थियो । अहिले प्रदेशसभा (२) को मतगणना जारी छ ।

