राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा जुम्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता लिएका छन् । ११ ः १५ बजेसम्म १० हजार ६५ मत गणना हुँदा शाहीले ५ हजार ५६९ मत प्राप्त गरेर शीर्ष स्थानमा छन् ।
उनलाई पछ्याउदै सत्तागठबन्धनकी गोमा गौतम कुवँरले २ हजार ३६० मत ल्याएकी छिन् । नेकपा एमालेका उम्मेदवार रतननाथ योगिले १ हजार २९५ मत प्राप्त गर्दा मादलका डिल्ली काफलेले २ सय २२ मत ल्याएका छन् । ५२५ मत बदर भएको छ ।
जुम्ला ११ः२५ सम्मको परिमाण
मतगणना =१००६५
ज्ञानेन्द्र शाही (हलो ) =५५६९
गोँमा गौतम कुवँरम( गठबन्धन =२३६०
रतननाथ योगि ( सुर्य ) = १२९५
डिल्ली काफले ( मादल ) = २२२
कलधारो = ९४
बदर = ५२५
आफूलाई समर्थकहरूबाट काठमाडौं २ र वा चितवन ३ बाट चुनाव लड्न सुझाव आएको तर आफूले जन्मभूमि जुम्लालाई रोजेको शाही बताउँछन् । उनी जुम्लाको सिंजा गाउँपालिका वडानम्बर ३ निवासी हुन् ।
शाहीकै अनुसार पनि जुम्लामा राप्रपा निकै कमजोर छ । गत स्थानीय तहको मतपरिणाम अनुसार राप्रपाले करिब ४५० मतमात्रै ल्याएको उनी बताउँछन् । शाहीको वडामा राप्रपाले १६ मत ल्याएको छ ।
यस्तो कमजोर स्थानमा पनि किन चुनाव लड्न लागेको भन्ने प्रश्नमा शाही भन्छन्, ‘जुम्ला मेरो जनमभूमि हो । त्यसको ऋण तिर्नु छ । जुम्लाका सुखदु:खसँग जीवन साट्नुछ । जुम्ली जनताले हराए पनि जिताए पनि स्वीकार्य छ । ‘
भ्रष्टा’चार र बे’थितीवि’रुद्ध आवाज उठाउँदा उठाउँदै चर्चामा आएका शाहीले आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाउँथे । उनले ‘नेपालका लागि नेपाली’ अभियानबाट गतिविधि गर्दै आएका थिए । बेलाबेला झमेलामा समेत पर्ने गरेका उनलाई अभियाने २०७६ मंसिर ११ मा निष्कासित गरेको थियो ।
२०७८ फागुन ६ गते उनी राप्रपामा प्रवेश गरेका थिए । हाल उनी राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको सदस्य छन् । राप्रपाका पाँच जना प्रवक्ता मध्येका एकजना शाही पनि हुन् ।

