सत्ता गठबन्धन बैतडीमा कमजोर देखिएको छ । प्रतिनिधिसभा सदस्यो निर्वाचनमा नेकपा एमालेका दामोदर भण्डारीको अग्रता कायमै रहेको छ। ९ हजार तीन सय ४७ मत गणना हुँदा भण्डारीले चार हजार चार सय ५८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए।
उनलाई गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर)ले तीन हजार सात सय ६४ मतका साथ पछ्याइरहेका छन्।
यस्तै, प्रदेश सभा क्षेत्र नम्बर १ मा ७ हजार ३०० मत गणना हुँदा नेकपा एमालेका सुरेन्द्र पालले दुई हजार ३३६ मत प्राप्त गरेका छन्। उनको पछिपछि रहदै स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले दुई हजार १६३ मत पाएका छन्। यसैगरी तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका वीर बहादुर बिष्टले एक हजार ३३६ मत प्राप्त गरेका छन्।
यस्तै, प्रदेश सभा क्षेत्र नम्बर २ मा भने कांग्रेस अगाडि छ । आठ हजार छ सय ९५ मतगणना हुँदा नेपाली कांग्रेसका शिवराज भट्टले तीन हजार नौ सय ६० मत ल्याउँदा नेकपा एमालेका लिलाधर भट्टले तीन हजार आठ सय ७० मत प्राप्त गरे।

