एमालेले आफ्नो बलियो पकड रहेको अछाममा–१ मा शक्ति भुुमाएका छ । सो क्षेत्रमा एमाले ‘क्लिन स्वीप’ हुने भएको छ । एमालेबाट विद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवरले एमालेका उम्मेदवार झपटबहादुुर बोहरालाई अछाम–१ पराजित गरिसकेका छन् ।
त्यसैगरी, अछाम–१ का दुबै प्रदेशसभा पनि एमालेले गुमाउने पक्का भएको छ । एक क्षेत्रमा नेपाली कांग्रेस र अर्को क्षेत्रमा माओवादी विजयी हुने निश्चित भएको छ ।
पछिल्लो गणना अनुसार अछाम–१ (१)मा एमालेका प्रदेशसभा सदस्याका उम्मेदवार देबहादुर कुँवरलाई झण्डै दोब्बर मतले पछि पार्दै कांग्रेसका उम्मेदवार मेघराज खड्का जित नजिक पुगेका छन् । खड्काले ३३३४ मत पाएका छन भने कुँवरले १७३४ पाएका छन् ।
त्यसैगरी, अछाम–१ (२)मा एमालेका उम्मेदवार कृष्णप्रसाद जैशीलाई पराकिलो मतले पछि पार्दै माओवादीका झपटबहादुर साउदले अग्रता लिएका छन् । साउदले २४३८ मत पाउँदा जैशीले १६११ पाएका छन् ।
सो क्षेत्रमा एमाले नेता भीम रावललाई तल्लो तहबाट सिफारिस गरिएपनि अध्यक्ष केपी शर्मा ओलीले टिकट खोसेका थिए ।

