राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी भएका छन् । चितवन क्षेत्र नम्बर २ बाट उनी विजयी भएका हुुन् ।
अन्तिम गणनामा उनले ४९ हजार २६१ मत पाएर बिजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाएका छन् भने एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत पाएका छन् ।
यता, ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डा. तोसिमा कार्की विजयी भएकी छिन् । निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उहाँ ३१ हजार एक सय ३६ मतसहित विजयी भएकी हुुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अमृत खड्कालाई १८ हजार एक सय ६३ मतले पछि पार्दै डाक्टर तोसिमा विजयी भएकी हुुन् । खड्काले १२ हजार नौ सय ६३ मत प्राप्त गरिन् । नेकपा (माओवादी केन्द्र)की पम्फा भुसालले आठ हजार सात सय ६९ मत प्राप्त गरिन् ।

