राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) विजयी भएका छन् । जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा उनी विजयी भएका हुुन् ।
शाही २२ हजार ८१९ मतसहित सांसदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका गोमा गौतम (कुँवर)ले ११ हजार ९५९ मत ल्याएकी छन् ।
सामाजिक अभियन्ताकारुपमा परिचित शाही चुनावअघि राप्रपामा प्रवेश गरेका थिए। यता, मकवानपुर क्षेत्र नम्बर १ का राप्रपाका उम्मेदवार पहिलो पटक अग्रता लिएका छन् ।
सार्वजनिक भएको पछिल्लो मत गणना अनुसार मकवानपुर क्षेत्र नम्बर–१ मा राप्रपाका दीपकबहादुर सिंहले १८ मतले अधि आएका छन् ।
हालससम्म गणना भएको ७९ हजार ७ सय ५५ मतगणनामा राप्रपाका दीपकबहादुर सिंहले २३ हजार ३ सय ५८ मत ल्याएर अग्रता लिएका हुन् ।
यस्तै,सत्ता गठबन्धनकी महालक्ष्मी उपाध्याय डिनाले २३ हजार ३ सय ४० मत ल्याएर पछि परेकी छन्। यस्तै सूर्य चुनाव चिन्ह लिएर उम्मेदवार भएका कमल थापाले २२ हजार ६ सय ५८ मत ल्याएका छन्।

