सत्ता गठबन्धनको एक प्रमुख दल नेकपा माओवादी केन्द्रले हालै सम्पन्न निर्वाचनमा खस्किदो नतिजा निकालेपछि पार्टीमा हलचल भएको छ । खासगरी तत्कालिन नेकपा विघटन भई नयाँ दलहरु भत्किनुुले अहिले माओवादीलाई ठूूलो घाटा भयो ।
चुनावको नतिजा अनपेक्षित आएपछि माओवादी केन्द्रले फेरि बाम एकताको बहस सुरू गरेको छ । माओवादीका महासचिवले बाम एकताको लागि प्रस्ताव समेत गरेका छन् ।
एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पराजित भएका माओवादी महासचिव देव गुरुङले फेरि बाम एकता गर्नुपर्ने बताएका हुन् ।
पृथ्वीसुब्बा गुरुङलाई बधाई दिँदै उनले बाम एकता गर्नुपर्ने बताएका छन्। लमजुङबाट प्रतिनिधिसभामा पृथ्वीसुब्बा गुरुङसँग देव गुरुङ ३१८८ मतले पराजित भएका थिए ।
पृथ्वीसुब्बा गुरुङ बसेको होटल पुगेर देव गुरुङले बिहान बधाई तथा कार्यकाल सफलताको कामना गरेका हुन् ।
भेटका क्रममा देव गुरुङले पीएसलाई वामहरू एक हुनुपर्ने र एमालेबाट त्यसको पहल गर्न पृथ्वीसुब्बालाई आग्रह गरे । भेटमा दुवै नेताबीच वामपन्थी एकताको विषयमा कुराकानी भएको छ ।
यसअघि गरिएको एकता टिकाउन नसकेकोमा दुवै पक्षले गहिरो समीक्षा गरेर फेरि एकता गर्ने बेला आएको यी दुई नेताले बताएका छन् । यसअघि गरिएको एमाले-माओवादी एकता टिकाउन नसकेकोमा दुवै पक्षले गहिरो समीक्षा गरेर फेरि एकता गर्ने बेला आएको यी दुई नेताले बताएका छन् ।
देव गुरुङले देशको ६५ प्रतिशत मत कम्युनिष्टको भएपनि कम्युनिष्ट एक नहुँदा अरुले मौका पाउने गरेको बताएका थिए ।

