काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको कुुरामा सहमति जनाएका छन् । हर्कले जो जिते पनि कोसीको पानी धरानमा ल्याउने योजनामा सहयोग गर्नुपर्ने बताएका छन्।
शुक्रबार सामाजिक सञ्जालबाट उनले आफ्नो योजनामा सहयोगको भूमिका खेल्नुपर्ने बताएका हुन्। उनले सहयोग नगरे धरानमा नआउन पनि आग्रह गरे।
‘जो जितेर गए पनि कोशीको पानी धरानमा ल्याउने मेरो योजनालाई सहयोग गर्न भूमिका खेल्नुपर्छ, अन्यथा उहाँ धरान नआए पनि हुन्छ,’उनले लेखेका छन्। सप्तकोशी नदीको पानी धरान पुर्याएर धरान शहरको जनतालाई खुवाउने उनको लक्ष्य छ। यसको अध्ययन कार्य सुरु भएको छ।
उनको कुरालाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पनि सहमति जनाएका हुुन्। उनले सामाजिक सञ्जाल फेसबुुकमार्फत यस्तो सहमति जनाएका हुुन् । केही समयअघि बोलन र हर्कबीच सामाजिक सञ्जालमा जुुहारी नै चलेको थियो । बालेन शान्त देखिदा हर्क भने उग्र देखिएका थिए । बालेनले नै दुुवै बीचको सम्बन्ध बलियो बनाउन यस्तो कदम चालेका छन् ।

