पूूर्व प्रधानमन्त्री माधव कुुमार नेपालको नेतृत्वमा रहेको नेकपा (एकीकृत समाजवादी)ले समानुपातिकमा प्रगती गर्दैै लगेको छ । पार्टीले समानुपातिकमा पनि तीन प्रतिशतको थ्रेसहोल्ड कटाउने देखिएको हो।
समानुपातिकतर्फको मतगणनामा सुरूमा निकै पछि परेको एकीकृत समाजवादीले शनिबार बिहानसम्म ६७ लाख २२ हजार ५५२ मत गणना हुँदा भने १ लाख ६७ हजार ६९१ अर्थात् २.४९ प्रतिशतभन्दा बढी मत पाएको छ।
९ लाख ५ हजार ७ सय ५५ मत गणना हुँदा एकीकृत समाजवादीलेले १.५८ प्रतिशत् अर्थात १४ हजार ३ सय ७३ मत मात्र पाएको थियो।
१९ लाख १२ हजार ७ सय ७२ सदर मत गणना हुँदा एकीकृत समाजवादीले ३२६८५ अर्थात् १।७० प्रतिशत मत पाएको थियो।
अहिलेसम्म ३२ लाख १३ हजार मतगणना हुँदा एकीकृत समाजवादीले १.८ प्रतिशत मत पाएको थियो।
४८ लाख ६१ हजार ९१ मत गणना हुँदा १ लाख मत कटाएको एकीकृत समाजावादीले पछिल्लो समय १९ लाख मत गणनामा ६७ हजार मत आफ्नो पक्षमा पारेको देखिन्छ।
यो ट्रेन्ड हेर्दा देशभरिको मतगणना हुँदा एकीकृत समाजवादीले मत बढाउँदै लगेको देखिन्छ। प्रत्यक्षतर्फ पनि सहरमाभन्दा सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लामा धेरै सिट जितेको एकीकृत समाजवादीको मत अहिलेकै ट्रेन्डमा बढ्दै गए राष्ट्रिय पार्टी बन्ने देखिन्छ।
राष्ट्रिय पार्टी बन्न ३ प्रतिशत मत कटाउनुुपर्छ । एसले प्रतिनिधि सभामा १० वटा सिटमा जित निकालिसकेको छ ।
निर्वाचन आयोगको तथ्यांकअनुसार बिहान ११ बजेसम्म एमालेले १८ लाख ३९ हजार ५४ मत प्राप्त गरेको छ । कांग्रेसले १७ लाख ७६ हजार १ सय ४८ मत पाएको छ । कांग्रेस एमालेबीच झण्डै ६३ हजारको मतान्तर छ ।
तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ लाख ९२ हजार ७ सय १४ पाएको छ ।चौथो स्थानमा नेकपा माओवादी केन्द्रले ७ लाख ७८ हजार ७ सय ६९ मत प्राप्त गरेको छ ।
पाँचौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी ४ लाख ६ हजार १ सय १८, छैठौँ स्थानमा जनता समाजवादी पार्टीले २ लाख १७ हजार ९ सय ५ र सातौँ स्थानमा नेकपा (एकीकृत समाजवादी)ले १ लाख ६७ हजार ६ सय ९१ मत पाएको छ । समाजवादी यसअघि जनमत पार्टीभन्दा पछाडी थियो ।
नागरिक उन्मुक्ति पार्टीले १ लाख ५९ हजार ७ सय ५१ तथा जनमत पार्टीले १ लाख ४९ हजार ५ सय ५९ मत पाएको छ ।

