प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । चुुनाव नतिजा आइरहेका बेला दुुवैबीचको भेटलाई अर्थपूूर्ण रुपमा हेरिएको छ ।
भेटमा गठबन्धन कायम राख्नेबारे छलफल भएको छ । आजको भेटवार्तामा चुनावको नतिजाबारे समिक्षा भएको स्रोतले जनाएको छ । स्रोतले भन्यो हामीले यो गठबन्धन कायमै राख्ने सहमति गरेका छौं ।’
चुनावको नतिजा नआउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले दाहाललाई फोन गरेर सहकार्यको प्रस्ताव राखेपछि देउवाले पनि यसअघि नै दाहाललाई फोन गरेका थिए ।
उक्त फोनवार्तामा पनि देउवाले सरकार गठनबारे सहकार्यको प्रस्ताव राखेका थिए । आज भएको भेटमा पनि देउवाले सरकार गठनको विषयमा छलफल गरेका हुन् । दाहालले भने प्रदेशदेखि संघसम्म नै अहिलेकै गठबन्धनको नेतृत्वमा सरकार बन्ने दाबी गरे ।
उनले भने,‘अब निर्वाचनको सबै नतिजा आओस, त्यसपछि हामी फेरि छलफलमा बस्छौं । र, सरकार गठनलगायत समग्र निर्वाचनको विषयमा बृहत्त समिक्षा गर्छौं । तर, यो गठबन्धन कायम रहन्छ । गठबन्धनकै नेतृत्वमा सरकार बन्छ ।’

