हालै काठमाडौँ ४ बाट चुुनाव जितेका कांग्रेस महामन्त्री गगन थापा प्रधानमन्त्री बन्ने तयारीमा रहेका बेला डा. मिनेन्द्र रिजालले प्रोजेक्ट प्राइमिनिस्टर’ रोक्न सुुझाएका छन् । कांग्रेसलाई यही वेला पुनर्जागृत गर्न आवश्यक रहेको भन्दै उनले यस्तो बताएका हुुन् ।
‘महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित गगन थापा, विश्वप्रकाश शर्मा मात्रै होइन, प्रदीप पौडेल पनि जितेर आउनुभएको छ। उहाँहरूलाई मेरो एउटा मात्रै सुझाव के छ भने, अहिलेसम्म पार्टीमा पहिलो पुस्तादेखि मूल नेतृत्व गरेको पुस्ताको आर्जनबाट बनेको पार्टीमा सरक्क गएर म यो पार्टीको नेतृत्व गर्छु भन्नुको सट्टा एक(डेढ वर्ष पार्टीलाई पुनर्जागृत गर्न लाग्नुस्। एक(डेढ वर्ष ‘प्रोजेक्ट प्राइमिनिस्टर’ रोकें भन्नुस् उनले भने ।
उनले अगाडी थपे ,’मेरै बुताले बनाएको पार्टीबाट प्रधानमन्त्री बन्छु भन्नुस्। यो देश, पार्टी र लोकतान्त्रिक आन्दोलनका लागि पनि राम्रो हुन्छ। उहाँहरूसँग समय पनि छ।
म सरक्क गएर सरकारको नेतृत्व गर्छु भन्नुभन्दा पनि जनताले मलाई पत्याइसके, म पनि केही आर्जन गर्छु भन्नेतर्फ लाग्नुपर्छ। बीपी कोइराला त्यसरी नै नेता बन्नुभएको हो। उहाँले २००७ सालको क्रान्ति गर्नुभयो। त्यसपछि सात-आठ वर्ष पार्टी निर्माणमा लाग्नुभयो। ‘
रिजाल यस पटक प्रतिनिधि सभामा उम्मेदवार बन्ने अवसर पाएनन्। पार्टीको महामन्त्रीमा पराजित भएपछि मन्त्री पदबाट राजीनामा दिएका उनी टिकटका आकांक्षी थिए।
नेतृत्वसँग असन्तुष्ट देखिए पनि विभिन्न जिल्ला पुगेर कांग्रेस र गठबन्धनको पक्षमा प्रचार गरे। ४ मंसीरमा सम्पन्न आम निर्वाचनको प्रारम्भिक रुझान हेर्दा उनले अब सत्ता गठबन्धन धेरै नटिक्ने बताए ।

