पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार नै बन्न नसकेर फेरि निर्वाचन हुनसक्ने अवस्था रहेको आंशका गरेका छन् । झापा निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित भएपछि शनिबार आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
त्यस्तो स्थिति नआओस भनेर एमालेले कोशिस गर्ने उनले बताए । उनले वर्तमान समयमा सुदृढ राष्ट्रिय एकताको आवश्यकता रहेको बताए । उनले मुलुकलाई अस्थिरतातर्फ लैजान नदिनका लागि एकता आवश्यक रहेको बताएका छन् ।
उनले कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा मुलुकलाई अगाडि बढाउन एमालेले अगुवाइ गर्ने बताए ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी ३ दिनदेखि निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिने कार्यक्रममा सहभागी हुँदै आएका छन्।

