अन्तरिक हवाई उडानमा कोरोनाको असर न्यून देखिएको छ। पछिल्लो महिनाको हवाई यात्रुको संख्या हेर्ने हो भने आन्तरिक उडान गर्दै आएका एयरलाइन्स कम्पनीले कोरोना असर भोग्न नपरेको तथ्यांक सार्वजनिक भएको छ।
कोरोनाका कारण २०२०का मार्चदेखि ६ महिनासम्म ठप्प जस्तै भएको आन्तरिक उडान सन् २०२१को मार्चमा आउँदा सकै नरम अवस्थमा आइपुगको छ। सन् २०२०को मार्चमा कोरोनाका कारण आन्तरिक हवाई उडानमा ठूलो प्रभाव देखिएको थियो। तर, अहिले आन्तरिक उडान सामान्य भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मार्च महिनाको आन्तरिक हवाई यात्रु अहिलेसम्म बढी भएको छ। कोरोनाको संकट भोगेको समय सन् २०२० भन्दा अगाडि सन् २०१९मा आन्तरिक हवाई यात्रुको संख्या २ लाख ६४ हजार ५ सय ४५ थियो। तर, सन् २०२१को मार्चमा आन्तरिक हवाई यात्रुको संख्या ३ लाख ४६ हजार ४ सय ७१ पुगेको छ।
कोरोना कहरकै बीच सन २०२१ मार्चमा ७ हजार ८ सय ६४ वटा उडान तथा अवतरण भएको छ। तर, सन् २०१९मा उडान संख्या अहिलको भन्दा बढी थियो। सन् २०१९मा कुल ८ हजार २ सय ७१ थियो। तर, उडान संख्या बढी भए पनि यात्रु संख्या भने अहिलेको सन् २०२१ को भन्दा कम थियो।
आन्तरिक हवाई यात्रु बढनुको प्रमुख कारण सजह र सस्तो दरको हवाई टिकट नै प्रमुख कारण रहेको एयरलाइन्स कम्पनीका सञ्चालकहरु बताउँछन। केही दिनअगाडि मात्रै बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले पनि आन्तरिक हवाई उडान सामान्य अवस्थामा फर्केको बताएका थिए। उनले हवाई यात्रु बढन्को प्रमुख कारण सहज र सस्ता टिकटसँगै उडान कम जोखिम भएको बताए।