हालै सम्बन्धविच्छेद गरेका लोक दोहोरी गायक शंकर क्षेत्री र बबिता बानियाँ (जेरी) यो मोडसम्म आइपुुग्नुुको रहस्य के होला त ? धेरैको चाँसो छ । जेरीले आफ्नै ढंगले स्पष्टीकरण दिइरहदा शंकर क्षेत्रले पनि यस घटनाबारे मुुख खोलेका छन् ।
डि’भोर्सलगत्तै केही युट्युब च्यानलमा जेरीको अन्तर्वार्ता सार्वजनिक भयो, जसमा उनले पूर्व पति माथि थुप्रै गम्भी’र आरो’प लगाएकी छन् । श्रीमानले आफूलाई विवाहको १४ दिनदेखि नै शारीरिक र मानसिक या’तना दिन थालेको उनको दाबी छ ।
उनले श्रीमान पर’स्त्रीसँग लागेर आफूलाई तिरस्कार गरेको पनि बताइन् । शंकरले हालै नेपाल प्रेससँगको एउटा अन्तर्वार्तामा भने जेरीलाई विवाह गर्न सुुझाएका छन् । उनले भनेका छन् , ‘सही र उपयुक्त लाग्यो वा कोही भेटियो भने विवाह गर्दा हुन्छ । मसँग छुट्यो भन्दैमा एक्लै जिन्दगी कटाउनुपर्छ भन्ने छैन ।’
जेरीले अर्कै केटीसँग शंकरको चक्कर रहेको भन्दै केही समयअघि दाबी गरेकी थिइन् । तर, यसको शंकरले खण्डन गरेका छन् । उनले भने, ‘मेरो कोही परस्त्रीसँग सम्बन्ध छ भने प्रमाण देखाउनुहोस् । हावाको भरमा जे पनि बोलेको छ । सम्बन्ध विच्छेद भइराख्दा बाहिरी मान्छेहरूले त्यस्तो सोच्नु स्वाभाविक पनि हो । मेरो कसैसँग कुनै सम्बन्ध छैन । न त यो कुराले नै हाम्रो सम्बन्ध बिग्रेको हो । भित्री कारणहरू अरू नै छन् ।’
उनले अहिले विवाहलाई लिएर केही नसोचेको बताएका छन् । उनले भने, ‘भविष्य धेरै लामो छ । भाग्यमा लेखेको छ भने पछि फेरि विवाह होला । सबै समयको खेल हो ।’

