नेपाल आइडलका तेस्रो रनर अप गायक किरण भुजेल र अस्मिता अधिकारीको स्वरमा समावेश ‘मन खाने माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। दीप गिरीको शब्द, शंकर थापा ‘स्माइल’को संगीतमा रहेको यस गीतलाई विश्व अधिकारीले संगीत संयोजन गरेका हुन्।
लामो समयदेखि बेलायतमा बस्दै आएका गीतकार गिरीले लेखेका आधा दर्जन गीत यसअघि नै रिलिज भइसकेका छन् । म्युजिक भिडियोमा डिमोन क्षत्री, रोनी, सिर्जना जिसी र स्मृति श्रेष्ठबीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।
रोनीले कोरियोग्राफी गरेको यस भिडियोलाई फराज अर्पणले सम्पादन र छायांकन गरेका हुन् । सविता गिरी निर्मात्री रहेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो। डस म्युजिकको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको छ ।