कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेट भएको छ । सोमबार पौडेल कोटेश्वरस्थित नेपाल निवासमा पुगेका हुुन् ।
भेटमा गठबन्धनलाई कायमै राख्ने विषयमा छलफल भएको बताइएको छ । पौडेलले आफूलाई प्रधानमन्त्री बन्न सहयोगका लागि नेपालसँग आग्रह गरेका छन् ।
माधव नेपालले गठबन्धन बनाउन योगदान गरेकाले अब प्रधानमन्त्रीको हकदार तपाईँ भन्दै पौडेललाई भनेका छन् । सहयोग गर्ने वचन दिँदै माधवले समकालीन सबै प्रधानमन्त्री भइसकेकाले गठबन्धन बनाउन पनि योगदान गरेको हुँदा पौडेललाई तपाईँमात्र बाँकी भन्दै प्रधानमन्त्रीको हकदार तपाईं हो भनेको निकट स्रोतले बताएको छ ।
भेटमा गठबन्धनलाई कायमै राख्ने विषयमा छलफल भएको र पौडेलले आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गरेको स्रोतले जानकारी दियो ।
जवाफमा माधव नेपालले पौडेललाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने बताएका छन् । मंसिर ४ गते सम्पन्न आम निर्वाचनको मतपरिणाम आउँदै गर्दा प्रधानमन्त्रीको दौडमा रहेका नेताहरु तयारीमा लागेका हुन् ।

