काठमाडौं महानगरले थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर लगाउन खोजेपछि नेकपा एमालेका नेता महेश बस्नेत महानगरमाथि खनिएका छन् । बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत विकल्प र क्षति पूर्ति बिना सुकुम्बासी बस्तीमा डोजर लगाउनुु गलत रहेको बताएका छन् ।
उनले कठ्यांग्रिदो जाडोमा गरिबको बस्ती उठाएर कसैको भलो नहुने टिप्पणी गरेका छन् । बस्नेतले लेखेका छन्, ‘कठ्याग्रींदो जाँडोमा गरिबको बस्ती उठाएर कसैको भलो हुदैन ।
म फेरी पनि भन्छु उचित समय बिना विकल्प र बिना क्षति पूर्ति, गरिब, सुकुम्बासी र साना ब्यबसायीहरुलाई उठाएर बिच्च’ल्ली बनाउन पाइदैन । जनतालाई आन्दोलन गर्न बाध्य पार्ने अनि विचरा नगर प्रहरीहरु घाइते हुने यो कुराले कसैलाई लाभ र फाइदा होला जनता र देशलाई फाइदा हुँदैन ।’
उनले निर्वाचनको परिणाम अन्तिम चरणमा हुँदै गरेको र नयाँ सरकार बन्ने अवस्थामा भएको यस किसिमका हर्कत कसैको स्वार्थपूर्तिका निम्ति भइरहेको आ’रोप पनि लगाएका छन् ।

