थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउन काठमाडौं महानगरपालिका तम्सिएपछि बासीन्दाहरुले रोकेका छन् । यसका साथै, मेयर बालेन्द्र साह बालेनलाई सार्वजनिक रुपमै ज्यान मा’र्ने ध’म्की आएको छ । सोमबार दिउँसो महानगर प्रहरीका एसपी राजु पाण्डेसहितको टोलीले थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउन गएको यिो ।
त्यस क्रममा आक्रो’शित स्थानीयहरुले नगर प्रहरीमाथि आ’क्रमण गरेका थिए । आक्र’मणमा परी एसपी पाण्डेसहित डेढ दर्जन बढी प्रहरीहरु घा’इते भएको महानगरले विज्ञप्तिमार्फत जनाएको छ ।
यस्तै मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत एउटा टिकटक भिडिओ शेयर गर्दै आफूलाई ज्यान मा’र्ने ध’म्की आएकोबारे देशमा केन्द्रीय सरकार छ कि छैन भनि प्रश्न गरेका छन् ।
भिडिओमा एक जना पुरुषले बालेनको ज्यान खत’रामा हुन्छ अब भनेका छन् । ‘बालेन साहको ज्यान अब ख’तरामा हुन्छ, म’र्न पनि हामी ज्यान नै दिन्छौं, सके त्यसलाई पनि मा’र्छौैं हामीले ।’
बालेनले सो भिडिओ शेयर आतंक’वादको संज्ञा दिँदै लेखेका छन्, ‘देशमा गृह मन्त्रालय, प्रहरी प्रशासन, शान्ति सुरक्षा छ कि छैन, देशको राजधानीमा खुलेआम आ’तंकवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ ?’

