रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी एउटा अमेरिकी पार्टीको फोटोकपी भएको आरोप लागेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस्तो आरो’प लगाएका हुन् ।
जनसांस्कृतिक महासंघद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई मंगलबार च्यासलमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
‘हामीले आफूप्रति गर्व गर्न छाड्यौँ, आफ्नो इतिहास बेचिदियौँ। संयोग नै मान्नुपर्छ, अमेरिकी फ्रीडम पार्टीको घण्टी यता पनि दुरुस्तै लिएर आएछन्’, उनले भने, ‘दुरुस्त आकारको फोटो खिचे जस्तो फ्रिडम पार्टी अफ अमेरिकाको घण्टी यहाँ पनि लिएर आएका छन्।’

